जयनगर आइपुग्यो रेलको ट्रेन सेट, हेर्नको भिड लाग्यो (हेर्नुस् ८ फोटो)


टुडेखोज डेस्क, जनकपुरधाम : नेपालले खरिद गरेको जयनगर(जनकपुर रेलको ट्रेन सेट जयनगर आइपुगेको छ । ‘जयनगर सिटी’ फेसबुक पेजले रेलको ट्रेन सेट जयनगर आइपुगेको तस्विर सार्वजनिक गरेको हो ।

उक्त रेलको ट्रेन सेट भोली (शुक्रवार) मध्यान्ह जनकपुरधाम स्टेशन आइपुग्ने छ । जनकपुरधाममा रेलको भव्य स्वागत गरिने तयारी गरिएको छ । रेलको स्वागत कार्यक्रम व्यवस्थित गर्नका लागि आज जिल्ला प्रशासन कार्यालय धनुषामा छलफल समेत भएको बुझिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए । परीक्षणबाट राम्रो रहे मात्रै रेलको ट्रेन सेट स्वीकार गरिने उनको भनाई छ । शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्ने स्रोतले जनायो ।

नेपालले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनलाई दुई वटा ट्रेन सेट अर्डर गरेको थियो । गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेपनि सिमा नाका सिल भएका कारण आउन सकेका थिएन । रेल विभागले पत्राचार गरी पठाउन भनेपछि आउन लागेको छ ।

प्रकाशित : २०७७ आश्विन १, बिहीबार २०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ