सिरहामा करोडौंको लगानीमा सलहेश मन्दिर बन्दै, मेयर यादबले गरे शिलान्यास


बद्री नारायण यादव, सिरहा : सिरहा जिल्लाको धार्मिक धरोहरको रुपमा चिनिएका ऐतिहासिक स्थल सलहेश गहवरमा सिरहा नगरपालिकाका नगरप्रमुख अषेश्वर प्रसाद यादवले सलहेश मन्दिरको शिल्यानास गरेका छन् ।

सलहेश मन्दिर सिरहा जिल्लाको मात्र नभएर तराई मधेशको धार्मिक धरोहरको परिचय दिँदै आएको नगरप्रमुख यादवले बताए । बर्षौ अघि निर्माण भएको मन्दिर जीर्ण भएको कारण नयाँ मन्दिर निर्माण गर्न लागेको उनले बताए ।

सम्पूर्ण बन्दोवस्तीका साथ मन्दिर निर्माण कार्य थालिएको हुँदा छिट्टै निर्माण कार्य सम्पन्न हुने उनले विश्वास दिलाए । सलहेश मन्दिर निर्माण पुरा भएपछि धार्मिक पर्यटन क्षेत्रमा एउटा नयाँ इटा थपिने नगरप्रमुखको तर्क छ ।

वित्तिय समानीकरण र समपुरक अनुदानको १ करोड ९४ लाख २५ हजार ९ सय २३ पैसा ८८ लागत ईस्टिमेट रहेकोमा घटाघट प्रक्रियामा गएर बालाजी निर्माण सेवा सिरहा नपा १ ले १ करोड २४ लाख २७ हजार ९सय ४५ पैसा ४ मा ठेक्का सकार सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए ।

नगरपालिकाले जारीको सार्वजनिक अनुसार मन्दिर निर्माण गर्न विभिन्न निर्माण व्यावसाय कम्पनीले आवेदन दर्ता (बिड) गरेको थियो तर सबै भन्दा घटी ३६.०२ प्रतिशत बिलोमा आवेदन दिएको निर्माण सेवाको आवेदन स्वीकृत भएको उनले जनाए । सलहेश मन्दिर निर्माण गर्न पहिलो पल्ट एक वर्षको समय दिएको उनको भनाई छ ।

मन्दिरमा हातीमा राजा सलहेश, भान्जा कैरकन्हा, मंगला महौथिया, चार पल्टन, दुई सुगा हिरामैन, दुई वटा बघधर, सल्हेशको दयाँपट्टि भाई मोतिराम, बयाँतिर कान्छो भाई बुधेश्वर घोडामा, केवला किराँती, दयाराम पल्टन, मलिनिया २, परी २ लगायतका मुर्तिहरु रहेको पुजारी सुवधी पासमानले बताइन् ।

उनका अनुसार २०४० बैशाख २३ मा धनुषा जिल्ला तत्कालिन गाविस ठिला निवासी कालिगढ जगदेव रायले सबै मुर्ति बनाएका छन् ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ