बाबुरामले दिए संविधानलाई अपाङ्ग शिशुको संज्ञा, भने- उपचार र रक्षा गरौं


टुडेखोज, जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ संविधानलाई अपाङ्ग शिशुको संज्ञा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन एमालेको अध्यक्ष हुँदा नेपालमा गणतन्त्र स्थापना हुनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु जस्तै हो भनेर अभिव्यक्ति दिएका थिए ।

सोही प्रसंगमा भट्टराईले बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको बताएका हुन् । उनले संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै आफ्ना तीन बुँदे धारणा ट्विटरमा लेखेका छन् ।

उनी भन्छन्, ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन् । अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन् ।’

प्रधानमन्त्रीलाई लक्षित गर्दै भनेका छन्, ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन ।’

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ