Breaking- जनकपुर आइपुग्यो रेल, उर्लियो भीड


धनुषा : जनकपुर (कुर्था)- जयनगर चल्ने रेल जनकपुर स्टेशन आइपुगेको छ । रेल हेर्न जनकपुर स्टेशनमा सर्वसधारणको घुइचो देखिन्छ ।

रेल हिजो सांझ जयनगर आएका थिए । त्यहांबाट आज जनकपुर आइपुगेको रेलको सांचो रेल्वे विभागका अधिकारीले बुझ्ने छन् ।

रेल हेर्न जनकपुर स्टेशनमा विहानै सर्वसधारण आइपुगेका थिए । रेल आएपछि जनकपुरबासी खुशी भएका छन् । रेल संचालन कहिलेदेखि हुने मिती तय भएको छैन् । एक/डेढ महिनाभित्रै संचालनमा आउने रेल्वे विभागले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १३:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ