एकैदिन थपिए २ हजार २० कोरोना संक्रमित, थप ७ जनाको ज्यान गयो


काठमाडौं : नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ हजार २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

संक्रमितमध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ३९० जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार शुक्रबार ८७१ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामै कोरोनाबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार १६:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ