धनुषामा कोरोना संक्रमित थप दुई जनाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : धनुषामा कोरोना संक्रमित थप दुई जनाको ज्यान गएको छ । सबैला नगरपालिका ३ का ६८ वर्षीय पुरुष र बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरमा बस्दै आएका ७० वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको हो ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा उनी दुबै पुरुषको ज्यान गएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवले जानकारी दिए । उनका अनुसार मृतक दुबै जना मिर्गोला सम्बन्धी समस्याबाट समेत पीडित थिए ।

बटेश्वरका पुरुष गत भदौ २२ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र साँस लिन समस्या भएपछि अस्पताल पुगेपछि कोरोना परीक्षण हुँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै, सबैलाका पुरुषको प्रादेशिक अस्पतालमै भर्ना भएका अवस्थामा गत साउन ३१ गते स्वाब संकलन गरिएको थियो । अस्पतालका अनुसार उनी संक्रमण पुष्टि भएको रिपोर्ट बिहीबार आएको थियो ।

धनुषामा कोरोनाले ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन २, शुक्रबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ