संविधान जारी भएको पाँच वर्ष पूरा, मधेसमा ‘ब्लाक आउट’


टुडेखोज, जनकपुरधाम : आज संविधान दिवस । २०७२ को अशोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष अशोज ३ गते संविधान दिवस मनाउने गरिएको छ ।

पहिलो संविधानसभाबाट संविधान बनाउन नेताहरु असफल भए । दोस्रो संविधानसभाले संविधान जारी गरेको आज पाँच वर्ष पूरा भएको छ । संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो । तर संघीयताले काम गर्न सकेको अवस्था छैन । जनताले संघीयताको अनुभुति गर्न पाएका छैनन् ।

प्रमुख तीन दलले बहुमतको दम्भ देखाएर मधेसको मुद्दा सम्बोधन नगरिएको संविधान जारी गरे । जसका कारण आज पनि मधेसका जनता र नेता संविधानलाई स्वीकार गरेका छैनन् । संविधान जारी भएको दिन मधेसका जनता ‘ब्लाक आउट’ गर्छन् । जनता समाजवादी पार्टीले संविधान दिवस नमनाउने र विभिन्न विरोधका कार्यक्रम गर्न आह्वान गरिसकेको छ ।

मधेसका जिल्लाहरुमा आज साँझ संविधानको विरोधमा ब्लाक आउट गरिनेछ । मधेसवादी दलको आह्वानमा मधेसभर संविधान संशोधनको माग राख्दै विरोध प्रदर्शन समेत गर्ने बुझिएको छ ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ