धनुषा : विजुली पोल ढल्दा करेन्ट लागेर ४ घाईते, एक जनालाई काठमाडौं लगियो


सिबेन्द्र रोहिता, जनकपुरधाम : धनुषाको मिथिला नगपालिका ३ लालभिट्टी गाउँमा विजुलीको पोल ढल्दा करेन्ट लागेर चार जना घाईते भएका छन् । घाईतेमध्ये एकको अवस्था गम्भिर छ ।

स्थानीयका अनुसार शुक्रवार रामचन्द्र महतो आफ्नो घर अगाडी नयाँ बिधुतिय पोल गाड्ने क्रममा पोल खस्दा करेन्ट लागेर चार जना घाईते भएका हुन् । घाईते हुनेहरुमा रामचन्द्र महतोका छोरा लालो महतो, बिरेन्द्र महतो र भतिज शम्भु महतो र रामदयाल महतो छन् । घटनामा दुई गाई र एक राँगाको मृत्यू भएको छ ।

बिरेन्द्र बाहेक तीन जनाको उपचार ढल्केबरमा भइरहेको छ । बिरेन्द्रको अवस्था गम्भिर रहेकाले जनकपुर ल्याएको थियो । तर यहाँ उपचार सम्भाव नभएपछि आज विहान हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको छ ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १०:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ