मन्त्री सोनलले भने- खुनी संविधानलाई स्वीकार्न सकिदैन


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले बहुमतको दम्भ देखाएर जारी गरेको संविधान स्वीकार नगरेको बताएका छन् ।

जनकपुरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले हरेक वर्ग र समुदायको अधिकार समेट्न नसकेकाले वर्तमान संविधानलाई स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘यो खुनी संविधान हो । नश्लीय संविधान हो ।’

उनले वर्तमान अपुरो संविधानको विरोध गर्न आह्वान समेत गरे । मधेसी, जनजाती, आदिवासी, मुस्लिम, महिला लगायतका कुनै वर्ग समुदायको अधिकार संविधानमा ग्यारेण्टी नगरेको बताए । उनले संविधान संशोधन नगरेसम्म असोज ३ लाई कालो दिनको रुपमा मनाउने बताए ।

मधेसी मात्र नभएर नेता बाबुराम भट्टराई राजेन्द्र श्रेष्ठ लगायतले पनि उत्पीडित जनताको पक्षमा आवाज उठाइरहेको भन्दै उनले भने, ‘विगतमा यहाँ आन्दोलन गर्थे । तर अब काठमाडौं र पोखरीलगायतका ठाउँमा पनि संविधानको विरोधमा आन्दोलन हुन्छ । यो ठूलो उपलब्धी हो ।’

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ