सिरहामा बोक्सी भन्दै महिलालाई कुटेर खेतमा फालिदिए, मलमुत्र पनि खुवाए


टुडेखोज, लहान : सिरहामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुनेगरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

नवराजपुर गाउँपालिका ५ कुसन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादबलाई बोक्सीको आरोपमा स्थानीयले भदौं २८ गते कुटपिट गरेका थिए । उनको उपचार लहानमा सम्भव नभएपछि धरान लगिएको छ । उनको अवस्था गम्भिर रहेको आफ्न्तले बताएका छन् ।

स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष, पशुपति र सोही ठाउँका देवनाथ यादव, कृष्ण यादव र ब्रह्म यादवलगायतका समुहले बोक्सीको आरोप लगाउँदै आमा मूर्तिदेवीलाई कुटपिट गरेको छोरा गणेश यादवले जानकारी दिए ।

गाउँका एक बच्चा बिरामी भएको र अर्का एक जनाको चट्याङ लागेर मृत्यु भएको घटनामा बोक्सी मूर्तिदेवीको संलग्नता रहेको भन्दै उनीमाथि कुटपिट गरिएको स्थानीय बताउँछन् ।

आमाको अस्पतालमा रेखदेख गर्दै आएका गणेश भन्छन्, ‘राति १२ बजे उनीहरु अचानक घरमा पसेर आमालाई बाहिर निकाले । सडकमा लगेर मरणासन्न हुनेगरी कुटपिट गर्यो । पछि खेतमा लगेर फालिदिए ।’ कुटपिट गर्नेहरुले आमालाई मलमुत्र पनि खुवाए उनले सुनाए ।

कुटपिट गर्ने समूहले प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाईदिने धम्की दिँदै आएको गणेशले गुनासो गरे । धम्की दिएपछि डरका कारण उनी अहिलेसम्म प्रहरीमा उजुरी दिएका छैन । उनको परिवार अझै असुरक्षित बनेका छन् ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १४:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ