संविधानको विरोध : जनकपुरसहित मधेसमा ब्लाक आउट


टुडेखोज, जनकपुरधाम : वर्तमान संविधान मधेस विरोधी रहेको भन्दै जनकपुरसहितका ठाउँमा ‘ब्लाक आउट’ गरिएको छ । जनकपुरमा साँझ ६ः३० बजेदेखि ६ः४५ बजेसम्म (१५ मिनेट) ब्लाक आउट गरिएको हो ।

जनकपुरमा जसपाका कार्यकर्ताहरुले सिटी फुक्दै लाइट अफ गर्न व्यापारी र सर्वसधारणलाई आग्रह गरेका थिए । उनीहरुले प्रहरी गाडीको लाइट समेत अफ गर्न लगाए । गाडी समेत १५ मिनेट चलेन ।

सरकारले भने संविधान दिवसको अवसरमा दिपावली गर्न आह्वान गरेको थियो । तर जनता समाजवादी पार्टीले शुक्रवार नै विज्ञप्ती जारी गरेर संविधान दिवस नमनाउने र विरोधका कार्यक्रम गर्न आह्वान गर्यो । सो पार्टीको आह्वानमा आज साँझ मधेसका अधिकांश जिल्लामा ब्लाक आउट गरिएको छ ।

ब्लाक आउट गर्नुअघि मधेसका जिल्लाहरुमा संविधान संशोधन गर भन्दै जसपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । उनीहरुले ‘केपी ओली चाहिदैन, संशोधन विना संविधान स्वीकार्न सकिदैन’ नारा लगाएका थिए ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ