सिरहामा ‘नालायक संविधान खारेज गर’ भन्दै जलाइयो


टुडेखोज, लहान : सिरहाको सखुवाननकारकट्टी गाउँपालिकामा पर्ने मौवाही गाउँमा पनि संविधान जलाएको छ ।

जनता समाजवादी पार्टीका मधेस प्रदेश सदस्य दिपेश यादबको अगुवमाइमा संविधान जलाइएको हो । संविधान जलाउँदै प्रदर्शनकारीहरुले ‘नालायक संविधान खारेज गर’ नारा समेत लगाएका थिए । उनीहरुले संविधान संशोधन गरी मधेसको मुद्दा सम्बोधन गर्नुपर्ने माग गरेका छन् ।

२०७२ असोज ३ मा मधेसी जनताको अधिकार कुण्ठित गरी संविधान जारी भएको थियो । आज ५ वर्ष वितेको छ– नयाँ संविधानक बनेको । तर संविधान संशोधन गरी मधेसको मुद्दा सम्बोधन नभएको भन्दै हरेक वर्ष असोज ३ लाई मधेसी जनताले कालो दिनको रुपमा मनाउदै आएका छन् ।

प्रकाशित : २०७७ आश्विन ३, शनिबार २०:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ