महोत्तरीमा जीप र मोटरसाइकल ठोक्किदा २ जनाको ज्यान गयो


टुडेखोज, जनकपुरधाम : महोत्तरीमा जीप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । मृतक दुबै जना मोटरसाइकलमा सवार थिए ।

बर्दिवास नगरपालिका ६ मा शनिबार राति करिब ८ बजे ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किएको छ । मोटरसाइकल चालक ३२ वर्षीय प्रमोद राय र पछाडि बसेका २८ वर्षीय देवबहादुर खपाङ्गीको ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव बुढाथोकीले जानकारी दिए । उनका अनुसार जीप चालक सोही ठाउँका २५ वर्षीय सन्तोष महतोलाई पक्राउ पक्राउ परेका छन् ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १०:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ