गाउँपालिका कार्यालयमै अधिकृतले महिला कर्मचारीमाथि यस्तो हर्कत गरेपछि…


टुडेखोज, कैलाली : एक महिला कर्मचारीलाई गाउँपालिकाको कार्यालयमै अधिकृतले बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासन अधिकृत भानुभक्त उपाध्यायले कार्यालयमै कार्यरत २४ वर्षीया महिला कर्मचारीलाई बलात्कार गरेका हुन् । घटना बाहिर आएपछि प्रहरीले अधिकृत उपाध्यायलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले उपाध्यायलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । महिला कर्मचारीले दर्ता गरेको जाहेरीका आधारमा अधिकृत उपाध्यायलाई पक्राउ गरिएको उनको भनाई छ ।

अधिकृत उपाध्यायले ति महिला कर्मचारीलाई डरधम्की देखाएर बलात्कार गर्ने गरेको बताइएको छ । यस विषयमा प्रहरीले अनुसन्धान थालिसकेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ