मिथिला महिला प्रतिष्ठानको एम्बुलेन्स दुर्घटना : छानविन हुनुपर्छ


  • सरोज राय, सामाजिक अभियन्ता

संस्थाको नाममा एम्बुलेन्स खरिद गर्दा पुरै भन्सार छुट हुन्छ । अन्य राजस्व पनि लाग्दैन । तर केहि संचालकका लागि सेवा होइन, पैसा कमाउने व्यापार बनेको छ ।

प्राप्त जानकारी अनुसार केहि दिन अगाडी ‘मिथीला महिला प्रतिष्ठान’को ज. १ च. १९६५ नम्बरको एम्बुलेन्सले विरामीको नाममा दई अलग–अलग बिरामी बोकेर काठमाडौं हिंडे । तर दुर्भाग्यवश धुलीखेलमा दुर्घटना भयो । बिरामी मध्ये एक जनाको मृत्यु पश्चात चालक सन्तोष बुढाथोकीलाई प्रहरीले बन्दीपुरबाट समातेर लग्यो । तर कहाँ लग्यो परिवारलाई जानकारी छैन ।

जानकारी दिनेको अनुसार उक्त एम्बुलेन्समा १० बोरा चामल पनि थियो । एम्बुलेन्स संचालिकाले भाडा वापत २५ हजार लिएको रहेछ रे १ यता चालकको श्रीमती एम्बुलेन्स संचालिकासंग श्रीमानको लागि गुहार माग्न आइन् । तर संचालिकाले मद्दत गर्नबाट पुरै इन्कार गरिन् ।

संचालिकासंग म पनि कुरा गरे । तर उनले पैसेन्जर बोकेको कुराबाट इन्कार गरिन । चालकले जानी–जानी गाडी पल्टाएको दोष लगाइन ।

सत्य कुरा के रहेछ ? यो बिल्कुल प्रहरीले अनुसन्धान गर्ने विषय हो । यदि यस एम्बुलेन्समा साँचै विरामीको नाममा बिरामी गएको रहेछ भने उक्त संस्था र संचालिकामाथि कार्यवाही हुनुपर्छ । प्रहरीले इमान्दारिताले अनुसन्धान गर्यो भन्ने सबै सत्यतथ्य बाहिरिन्छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ