नेकपाले अघि बढायो मन्त्रिपरिषद् पुनर्गठन प्रक्रिया


काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णय गर्ने भएको छ ।

आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुनर्गठनको गर्ने गरी कार्यसूची तय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत पक्षमाथि मात्रै छलफल भएको बताए ।

उनका अनुसार मन्त्रिपरिषदमा हेरफेर हुने नामबारे छलफल भएको छैन । आवश्यक परे प्रधानमन्त्रीसँग यस विषयमा पनि छलफल हुने छ । विभिन्न चार वटा एजेण्डासहित स्थायी कमिटी बैठक सुरु हुने उनले जानकारी दिए ।

संवैधानिक नियुक्तिका सम्बन्धमा पनि सामान्य छलफल भएको उनले जानकारी दिए । ‘राजनीतिक नियुक्तिका सन्दर्भमा निर्णय गर्न सरकारलाई आधार तयार गरिदिन सचिवालयले छलफल गर्ने निर्णय पनि भएको छ’, उनले भने ।

यस्तै सांगठानिक एकीकरणका बाँकी काम पूरा गर्ने तथा अन्य विविध पक्षमा छलफल गर्ने गरी स्थायी कमिटीका लागि एजेण्डा तय गरिएको उनको भनाई छ ।

सचिवालय भोलि सोमवार दिउँसो १ बजे पेरिसडाँडामा पुनः बस्ने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ