आईतवार नेपालमा १३ सय २५ जनामा कोरोना पुष्टि, ९६६ जना कोरोनामुक्त


टुडेखोज, जनकपुरधाम : आइतबार नेपालमा १३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइतबार ९ सय ६६ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । कोरोनाको आशंकामा ७ हजार ४५१ जना क्वारेन्टिनमा बसेका छन् ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ