कोरोनाको बहाना बनाएर जेलमुक्त हुने दाउमा पुर्वमंत्री आलम !


काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउन आदेश दिएको छ ।

प्रतिनिधिसभाका निलम्बित सांसद आलम इट्टाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । सर्वोच्चले आइतबार आलमको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश दिएको हो ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दिएको आदेशमा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार र कारण माग गरेको छ । जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ गते आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो ।

आलमले जेलभित्र कोरोना भाइरसको संक्रमणको जोखिम रहेको बहानामा रिहाइको माग गर्दै गत भदौ ३१ मा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदालतले मुद्दाको फाइल मगाउन आदेश जारी गरेको छ ।

प्रकाशित : २०७७ आश्विन ४, आईतवार २२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ