कोरोना कहर : बर्दिबासमा नेपालकै पहिलो ‘मास्क बैंक’ स्थापना


सुरेन्द्र सिंह, बर्दिबास : कोरोना भाइरसको संक्रमणबाट बचाउने उदेश्यले महोत्तरीको बर्दिबासमा नेपालकै पहिलो मास्क बैंक स्थापना गरिएको छ ।

शिक्षा, स्वास्थ्य तथा विपद व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको चौतारी नेपालले चौतारी जापान संगको समन्वयमा आइतबार बर्दिबासमा मास्क बैंकको स्थापना गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलद्वारा उक्त मास्क बैंक उद्घाटन गरे ।

मास्क बैंकको उद्घाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले कोरोना भाईरस माहामारीको अवस्थामा स्थापना गरिएको मास्क बैंकले कोरोना भाइरस नियन्त्रणमा सहयोग पुर्याउने बताए । उनले पछिल्लो समय सामाजिक सञ्जाल तथा संचारमाध्यम मार्फत कोरोना भाईरसलाई लिएर ‘यो केहि हैन’ भन्ने गलत सुचना तथा धारणा संप्रेषण गर्ने क्रम बढेको बताउँदै यस्ता हल्लाको पछाडी नलाग्न आग्रह गरे ।

हाल लकडाउन खुलेको भएपनि कोरोनाको जोखिम कायमै रहेको र संक्रमण झनै फैलिन सक्ने भन्दै यस्तो अवस्थामा थप सजग तथा सतर्क हुनुनपर्नेमा जोड दिए ।

उद्घाटन समारोहमा आयोजक संस्थाले २० जना स्वास्थ्यकर्मी तथा पत्रकारलाई सेनिटाईजर, ग्लोब्स, एन ९५ मास्क, सर्जिकल मास्क, हेड कभर, फेस सिल्ड तथा शुज कभर लगायतका स्वाथ्य सामाग्री बितरण गरेको छ ।

यस्तै ५० जना सुरक्षाकर्मीलाई सर्जिकल मास्क समेत हस्तान्तरण गरियो ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ