प्रदेश २ : कालोबजारी बढेपछि प्रशासनले तोक्यो प्याजको मूल्य


टुडेखोज, वीरगन्ज : जिल्ला प्रशासन कार्यालय पर्साले प्याजको मूल्य तोकेको छ ।

भारतले निर्यात रोकेपछि व्यापारीहरु कृत्रिम अभाव सिर्जना गरेर महँगो मूल्यमा प्याज बेच्न थालेपछि प्रशासनले मुल्य तोकेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले व्यापारीहरुबीच छलफल गरी प्याजको मूल्य तोकेको जानकारी दिए ।

उनका अनुसार हालका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैया तोकिएको छ । तोकिएको मूल्यभन्दा बढीमा विक्री गरेको पाइएमा कानुन बमोजिम ति व्यापारीलाई कारबाही गरिनेछ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा त्यसको कृत्रिम अभाव सिर्जना गरी व्यापारीहरुले प्रतिकिलो १ सय रुपैयासम्मा विक्री गरिदै आएको थियो । जसका कारण उपभोक्ता मारमा परेका थिए ।

प्रशासनले व्यापारीहरुलाई प्याज बिक्री वितरण गर्न मूल्य तोकेपछि उपभोक्तहरुले राहत पाएको स्थानीय बताउँछन । प्याज निर्यातमा भारतले रोक लगाएपछि तस्करी बढेको बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १०:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ