जनकपुरमा आजदेखि दुई फ्लाइट, यात्रु डेढ घण्टा पहिले पुग्नुपर्ने !


टुडेखोज, जनकपुरधाम : कोरोना भाइरसका कारण ६ महिनादेखि बन्द गरेको आन्तरिक उडान आजदेखि खुलेको छ । जनकपुर विमानस्थलमा पनि आजदेखि दुई फ्लाइट हुनेछ ।

जनकपुर नागरिक उड्डयन कार्यालयका वरिष्ट अधिकृत मोहन ठाकुरले बुद्धको एउटा र यतिको एउटा विमान फ्लाइट हुने जानकारी दिए । उनका अनुसार काठमाडौंबाट जनकपुरका लागि बुद्धको ११ः३० बजे र यतिको ४ः३० बजे फ्लाइट छ ।

यस्तै जनकपुरबाट काठमाडौंका लागि बुद्धको १२ः१५ बजे र यतिको ५ः४५ बजे फ्लाइट छ । विगतमा १ घण्टा पहिले यात्रु आउनुपर्ने नियम थियो । अहिले डेढ घण्टा पहिले यात्रु विमानस्थलमा आइसक्नुपर्ने अधिकृत ठाकुरले बताए । उनले सरकारले तोकेको सबै मापदण्ड पुर्याउर फ्लाइट हुनेछ ।

कोरोना भाइरसका कारण ४ वटा फ्लाइट कतौटी गरिएको छ । यसअघि बुद्धको ३, यतिको २ र श्री एयरलाइन्सको १ वटा फ्लाइट हुन्थ्यो । तर अहिले केहिदिन दुई फ्लाइट मात्र हुने बताइएको छ ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १०:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ