ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको आग्रह


टुडेखोज, जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्न आग्रह गरेका छन् ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाउँदै मुख्यमन्त्री राउतले निर्वाचन स्थगित गर्न माग गरेका हुन् । हाल कोरोनाको अवस्था विद्यमान रहेको र प्रदेश २ अत्यधिक प्रभावित बनेकोले निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतले मन्त्री त्रिपाठीलाई पत्रमा मार्फत आग्रह गरेका छन् ।

‘वर्तमान अवस्था तथा थ्रेसहोल्डको विवाद र सम्मानित सर्वोच्च अदालतमा समेत मुद्दा विचाराधीन रहेको अवस्थालाई ध्यानमा राखी हाललाई आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगनका लागि अनुरोध छ,’ मुख्यमन्त्रीले मन्त्रीलाई पठाएको पत्रमा भनिएको छ ।

निर्वाचनको मिति आगामी असोज २४ गतेका लागि तोकिएको छ ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १३:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ