सप्तरी : धरान लग्दै गर्दा बाटोमै एक वडाध्यक्षको निधन


टुडेखोज, राजविराज : सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्ष गोविन्दसिंह थापा मगरको निधन भएको छ । उपचारका लागि धरान लैजाँदै गर्दा आज बाटोमै निधन भएको हो ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले मृत घोषणा गरेपछि उनको शव घर ल्याइएको छ । ५४ वर्षीय वडाध्यक्ष मगर केहि महिनादेखि बिरामी थिए ।

रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवका अनुसार विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा नौ दिनको उपचारपछि तीन दिनअघि उनी घर फर्किएका थिए । तर घरमा अवस्था गम्भीर बनेपछि आज धरान लग्दै गर्दा बाटोमै निधन भयो ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मगर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १५:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ