२४ घण्टामै सोमबार थपिए ११ सय ५४ कोरोना संक्रमित, १६ जनाको मृत्यु


काठमाडौं : पछिल्लो २४ घण्टामै सोमबार थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ६५ हजार २७६ पुगेको छ ।

उनका अनुसार पछिल्लो २४ घण्टामै १ हजार ५ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन ५, सोमबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ