इंग्लिस प्रिमियर लिग : सिटीको विजयी सुरुवात


एजेन्सी : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । 

सोमवार राति नयाँ सिजनको पहिलो खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो । उल्भ्सको मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको पासमा फिल फोडेनले गोल गर्दै अग्रता दोब्बर पारे । उल्भ्सका लागि ७८ औँ मिनेटमा राहुल जेमिनेजले एक गोल फर्काए । इन्जुरी समयको ५ औं गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।

सोमवार राति नै भएको खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । 

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार ०७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ