अब लाइसेन्स हराएको सिफारिस लिन ट्राफिक कार्यालय धाउनु नपर्ने


काठमाडौं : अब हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने सुविधा दिएको छ ।

हराएको लाइसेन्स, ब्लुबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको महाशाखाले जनायो । अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन् ।

सेवाग्राहीले अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्ने बताइएको छ । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय अनलाइनबाट सेवा प्रदान गर्ने संघसंस्थाको संख्या बढ्दै गएको छ ।

फारम भर्ने लिंकमा जान यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार ०९:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ