जनकपुर : ३९ तोला चाँदी चोरी गरेका दुई जना पक्राउ


टुडेखोज, जनकपुरधाम : चाँदी चोरी गरेका दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा चन्दन झा र जिवछ यादब छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ दुबै जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । उनी दुबै जना ३९ तोला चाँदी, मोटरसाइकल र चार थान मोवाइल चोरी गरेका थिए ।

चोरी कसको घरमा गरेको थियो भन्ने विषयमा प्रहरीले केहि खुलाएका छैन ।

चोरी गरेका चाँदी, मोटरसाइकल र मोवाइल महेन्द्रनगर लगेर बेचेको खुलेको छ । समान बेचेको ठाउँबाट बरामद भइसकेको प्रहरी स्रोतले जनायो ।

यता, धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी मकेन्द्र मिश्रले घटनाको विस्तृत विवरण केहिबेरमा सार्वजनिक गर्ने बताए । उनले चाँदी चोरीको आरोपमा दुई जना पक्राउ परेको पुष्टि समेत गरिसकेका छन् ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ