सांसद प्रमोद साहले गरे सामुदायिक भवनको उद्घाटन


टुडेखोज, सर्लाही : सर्लाहीको ईश्वरपुर नगरपालिका २ राईटरखोरमा निर्माण गरिएको सामुदायिक भवनको संघीय सांसद प्रमोद साहले उद्घाटन गरेका छन् ।

स्थानीय रामबहादुर कार्कीले उपलब्ध गराएको जग्गामा पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १५ लाखको लागतमा भवन निर्माण भएको छ । उक्त भवनको सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद साहले उद्घाटन गरेका हुन् ।

सामुदायिक भवनमा बैठक, छलफल, अन्तरक्रिया लगायतका कार्यक्रम गरिने बताइएको छ । सामुदायिक भवन नहुँदा यहाँका जनताले ठूलो समस्या झेल्दै आएका थिए ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १६:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ