प्रदेश २ : मंगलवार कहाँ कति कोरोना संक्रमित थपिए ? हेर्नुस् डिटेल


टुडेखोज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा ४ महिलासहित ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १३ हजार ७१ पुगेको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार सबभन्दा बढी सिरहामा ४० जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सप्तरी, पर्सा रौतहटमा १/१ जना संक्रमित थपिएका छन् । धनुषामा भने ६ जनामा संक्रमण पुष्टि भएको छ ।

पर्सा, बारा र महोत्तरीमा पछिल्लो २४ घण्टामा एउटै संक्रमित भेटिएन ।

पछिल्लो २४ घण्टामै ३ महिलासहित २६ जना कोरोनमुक्त भएका छन् । योसँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ११९ पुगेको छ । जसमध्ये ८१३ जना महिला रहेकी छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट कसैको ज्यान नगएको मन्त्रालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिए । उनका अनुसार हालसम्म १०३ पुरुष र १९ महिलाको ज्यान गएको छ ।

हेर्नुस् डिटेल :

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १७:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ