राजविराज विमानस्थलमा असोज ८ गतेदेखि उडान सुरु हुने


टुडेखोज, राजविराज : कोरोना भाइरसका कारण ६ महिनादेखि ठप्प रहेको राजविराज विमानस्थलमा असोज ८ गतेदेखि उडान सेवा सुरु हुने भएको छ ।

सरकारले सोमवारदेखि नै आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको थियो । तर राजविराज विमानस्थल अझै ठप्प छ । तर बिहीवारदेखि उडान सेवा सुरु गर्ने समय तालिका बुद्ध एयरलायन्सले सार्वजनिक गरेको छ ।

एयरलायन्स राजविराज शाखा प्रमुख अनील राजवंशीका अनुसार बिहीवार दिउँसो १२ः१५ बजे काठमाडौंबाट राजविराजको फ्लाइट छ । यस्तै सोही दिन दिउँसो १ः१५ बजे राजविराजबाट काठमाडौंको फ्लाइट छ ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा संचालन गरिने उनले जानकारी दिए । राजविराजबाट काठमाडौंका लागि बुद्ध एयरलायन्सले न्यूनतम ३२ सय रुपैयाँ भाडादर कायम गरेको उनको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ