विप्लवको कारबाही : चर्को व्याज असुलेको भन्दै एक कर्मचारीलाई नियन्त्रणमा लियो


अछाम : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अछाममा एक माइक्रो फाइनान्सका कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

कोरोना महामारीका कारण सर्वसाधरणलाई गुजारा चलाउन समस्या भइरहेका बेला चर्को व्याज असुलेको भन्दै अछाममा एनआरएन माइक्रो फाईनाइन्सका कर्मचारी दिपक शाहीलाई नियन्त्रणमा लिएको हो । पार्टीले पटक–पटक विज्ञप्ती र फोनमार्फत कोरोनाको बेला चर्को व्याज नअसुल्न अनुरोध गर्दा पनि अटेर गरेपछि उनलाई नियन्त्रणमा लिएको नेकपा अछाम (विप्लव)ले जनाएको छ ।

गत महिना एनआरएन वित्तीय संस्थालाई मंगलसेन नगरपालिकामा पार्टीले कारवाही समेत गरेको नेकपा अछाम (विप्लव)ले दावी गरेको छ । असोज ५ गते डिप्रोक्स वित्तीय संस्थाका कर्मचारीले संकलन गरेको २ लाख ५० हजार रकम समेत स्थानीयहरुलाई फिर्ता गरेको विज्ञप्तीमार्फत नेकपाले जनाएको छ ।

अबदेखि व्याज नअसुल्न भन्दै अधिकारीलाई सम्झाई बुझाई छोडिएको छ । जनहित विपरीत गतिविधि सञ्चालन गरेका र नेपाल सरकारको मौद्रिक नीति उल्लंघन गर्ने सवै वित्तीय संस्थालाई कार्वाही गरिने पार्टीको नीति रहेको नेकपा अछाम (विप्लव)का जिल्ला सचिव आखिरले जानकारी बताए ।

नियन्त्रणमा लिएका कर्मचारीलाई कस्तो कारबाही गर्ने विषयमा सो पार्टीले केहि खुलाएको छैन । उनको अवस्था विषयमा पनि स्पष्ट गरेका छैन ।

प्रकाशित : २०७७ आश्विन ६, मंगलवार १९:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ