बजारको हल्ला आधारहिन, रेल नेपालकै लगानीमा खरिद भएको हो : महानिर्देशक मिश्र


काठमाडौं : रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर-जयनगर रुटमा सञ्चालन गर्ने रेलको सम्पुर्ण लगानी नेपालकै भएको स्पष्ट पारेका छन् ।

बजारमा आएका अनेकौ हल्ला आधारहिन रहेको बताउदै उनले भ्रममा नपर्न सबैमा आग्रह गरे । उनले नेपालकै लगानीमा पुर्बाधार र रेल खरिद भएको स्पष्ट पारे ।

पुर्बाधार निर्माण र रेल खरिदका लागि सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी भारतीय दुतावासले नै उपलब्ध गराएको मुल्य सुचीका आधारमा रेल खरिद गरिएको उनको दावी छ ।

‘तत्काल भारतबाटै प्राबिधिक कर्मचारी ल्याएर रेल सञ्चालनको तयारी थालिसकेका छौं,’ उनले भने, ‘नेपाली प्राबिधिकलाई पनि संगसंगै तालिम सञ्चालन गर्ने गरी विभागले प्रक्रिया अघि बढाएको छ ।’

पुर्बपश्चिम रेलमार्गको रद्द गरिएको ठेक्का प्रक्रियाले विभागको योजनामा कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे । जग्गाको मुआब्जा विवाद समाधानका लागि पहल भईरहेको उनको भनाई छ ।

दशै र तिहारपछि हाल देखिएका विवाद समाधानको दिशामा अघि बढ्ने महानिर्देशक मिश्रले बताएका छन् ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार ०४:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ