सिरहा : कोरोना संक्रमित कैदीलाई मुक्ति नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग


टुडेखोज/ जनकपुरधाम : ४१ औं  सामाजिक सेवा दिवसकाे अवसरमा सिरहा जेलमा रहेका काेराेना संक्रमित कैदी बन्दीहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

मुक्ति नेपाल नामक संस्थाकी अध्यक्ष श्याम साहले कैदी वन्दीहरुका लागि स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् । एक हजार मास्क,  १ लिटर सेनिटाईजर र महिला कैदि बन्दीका लागि २० थान झुल प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको उपस्थितिमा कारागार प्रमुख वविता महताेलाई हस्तान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिइन् ।

कारागारमा हाल ५ सय ९९ कैदी बन्दी छन् । जसमध्ये ५ सय बढी कैदी बन्दीमा कोरोना पुष्टि भएको छ । हाल कारागार नै आइसोलेशन सेन्टर बनेको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार ०७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ