अनौठो खबर : बिरालोले पाए हस्पिटलमा सुरक्षागार्डको जागिर !


कोरोनाको महामारीले विश्वभर १ खर्बभन्दा बढी मानिस बेरोजगार भएका छन् । तर अस्ट्रेलियाको रिचमण्ड शहरको एपवर्थ हस्पिटलमा एक बिरालोलाई सुरक्षागार्डको जिम्मेवारी दिइएको छ ।

शहरको एक आवारा बिरालोलाई शहरको सेक्युरीटी टिमले कर्मचारी नियुक्त गरेको बताइएको छ । सुरक्षागार्डको जागिर पाउने बिरालोको नाम ‘एलवुड’ हो । मानिसको जागिर त्यसमा पनि सुरक्षाको जिम्मेवारी सहितको जागिर बिरालोले पाउनु आफैमा अचम्मको घटना छ ।

यस घटनाको अर्को रोचक पक्ष के छ भने बिरालोलाई तलब दिदा उसले लिदैन । साथै सुरक्षा टिमले बिना तलब बिरालोलाई जागिरमा राख्न चाहेन । त्यसैले बिरालोको तलब बराबरको रकमले खानपिन र देखभालको व्यवस्था गरिएको छ ।

यतिमात्र होइन बिरालोलाई एक परिचय पत्रको समेत ब्यवस्था गरिएको छ । परिचय पत्रमा बिरालोको नाम, फोटो र पद उल्लेख छ । उसको जिम्मेवारीमा असपतालको मुख्य गेटमा बसेर भित्रबाहिर गर्ने मानिसको निगरानी गर्नु हो ।

बिरालोलाई जागिर दिएको प्रसंगबारे अस्पताल प्रशासनले १ बर्षभन्दा बढि समयदेखि मुख्य द्वारमा बसेर सेक्युरिटी सरहको काम गरेकोले जागिरमा राखिएको प्रतिक्रिया दिएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ