राजविराज विमानस्थल : बुद्ध एयरलाइन्सले उडान भर्ने मिति सार्‍यो


टुडेखोज, सप्तरी : कोरोना भाइरसका कारण विगत ६ महिनादेखि बन्द रहेको आन्तरिक उडान सरकारले असोज ५ गतेदेखि नै सुरु गरेको छ । जनकपुर विमानस्थलबाट पनि नियमित उडान भइरहेको छ ।

तर राजविराज विमानस्थलमा अझै उडान सुरु भएको छैन । बुद्ध एयरलाइन्सले असोज ८ बाट उडान भर्ने निर्णय लिए । बुकिङ पनि खुल्ला गर्यो । तर अचानक उडान भर्ने मिति सारेको छ । अब असोज १५ गतेबाट उडान भर्ने बताइएको छ ।

सबै तयारी गरेपनि यात्रु नपाएका कारण उडान भर्ने मिति सारिएको एयरलायन्स राजविराज शाखाका प्रमुख अनील राजवंशीले बताए । भने, ‘यात्रु नै नपाएकाले अब असोज १५ गतेबाट नियमित उडान भर्ने निर्णय गरेका छौं ।’

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १२:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ