प्रदेश २ : १५ लाख चन्दा नदिएपछि बम विस्फोट गराउने महतो पक्राउ


टुडेखोज, बारा : १५ लाख रुपैयाँ चन्दा मागेको र नदिएपछि ईटा उधोगमा बम विस्फोट गराउने समूहका कपिलदेव महतो पनि पक्राउ परेका छन् ।

परवानीपुर गाउँपालिका १ का ३६ वर्षीय महतोलाई घरबाटै इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भारतमा लुकेका महतो घर आएको सूचना पाएपछि पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

ईटा उधोगमा बम विस्फोट गराएको आरोपमा यसअघि नै चार जना पक्राउ परिसकेका छन् । तर महतो फरार थिए । प्रहरीका अनुसार चन्दा नदिएपछि महतोसहितका समुहले गत बर्ष कार्तिक ४ गते ईटा उधोगमा बम बिस्फोट गराएका थिए ।

बम बिस्फोटपछि ति समुहले पुनः ३ लाख रुपैया इटा उधोग सञ्चालकसँग मागेका थिए । चन्दा नदिए घर परिवारलाई पनि खतरा हुने धम्की उनीहरुले दिएको थियो । धम्की दिनेहरु पक्राउपछि पुर्वपक्षका लागि कारागार चलान भएका छन् । महतोलाई अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १६:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ