सप्तरीका कोरोना संक्रमित मेयर साहलाई काठमाडौं लगियो


टुडेखोज, जनकपुरधाम : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहको अवस्था गम्भिर बन्न थालेपछि काठमाडौं लगिएको छ ।

मेयर साहमा मंगलवार कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी जनकपुरधामस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनकालाई काठमाडौं लगिएको हो ।

श्वासप्रश्वासको समस्या बढ्दै गएपछि मेयर साहलाई काठमाडौं रिफर गरिएको कोभिड अस्पतालका फोकल पर्सन डा. रामदेव चौधरीलले जानकारी दिए । उनका अनुसार मेयर साहलाई भेन्टिलेर सुविधा रहेको एम्बुलेन्सबाट काठमाडौं लगिदैछ ।

कोरोना संक्रमित मेयर साह प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा हुन् । ३२ वर्षीय मेयर साहको गाडी चालकमा समेत कोरोना पुष्टि भएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १६:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ