डाक्टर केसीको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्वीरहरू)


काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थनमा माइतीघर मण्डललामा प्रदर्शन भएको छ । उनका पक्षमा सोलिराडिटी फर जिकेसी अलायन्सले प्रदर्शन गरेको हो ।

डाक्टर केसीका जायज माग सरकारले बेवास्ता गरेकोले सडकमा बसेर विरोध जनाएका उनीहरुले बताएका छन् । ‘डा. केसीको अनसन मेडिकल माफियालाई टेन्सन, दूरदराजमा मेडिकल शिक्षा खै ?, अख्तियारमाथिको हस्तक्षेप बन्द गर्, दलीय भागवण्डा बन्द गर्, कर्णाली विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाई तत्काल सुरु गर्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनकारीले बोकेका थिए ।

जुम्लामा अनसन बसेका डाक्टर केसीलाई नेपालगञ्ज हुँदै जहाजमा मंगलबार काठमाडौं ल्याइएको थियो । उनलाई दिउँसो प्रहरीले जर्वजस्ती ट्रमा सेन्टर लगे । तर सहयोगीले डा. केसीलाई फेरि टिचिङ अस्पतालमा लगिएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ