नेपालमा कोरोनाबाट थप ७ को मृत्यु, मृतक संख्या ४३६ पुग्यो


टुडेखोज, काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट एक महिलासहित थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरे । उनका अनुसार कोरोनाले मृत्यू हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौंका १६ बर्षका पुरुष, बर्दियाका दुई जना ६४ र ३९ बर्षका पुरुष, झापाका ८६ बर्षका पुरुष, सिराहाका ५० बर्षका पुरुष र ललितपुरका ७४ बर्षका पुरुष छन् ।

यस्तै काठमाडौंकी ६८ बर्षकी महिलाको पनि कोरोनाले ज्यान लिएको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १७:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ