पूर्वमन्त्री गिरीले मागिन् उत्तरी सीमा अतिक्रमणबारे सरकारको धारणा


टुडेखोज, जनकपुरधाम : पूर्वमन्त्री सरिता गिरीले चीनले हुम्लामा नेपालको भूमि अतिक्रमण गरेको भन्ने विषयमा सरकारको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेकी छन् ।

गिरीले आज विज्ञप्ति जारी गरी यस्तो माग गरेकी हुन् । उनले छिमेकीको सहयोग मागेर भएपनि नेपालको उत्तरी सिमाना रक्षा गर्न गर्नुपर्ने सरकारलाई सुझाएकी छन् । सरकार आफैंले सिमानाको रक्षा गर्न नसके मित्र राष्ट्रसँग सहयोग माग्नुपर्ने उनको भनाई छ ।

उनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यदि नेपाल सरकार आफनो सिमानाको रक्षा अहिलेको अवस्थामा स्वयं गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सिमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु । साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेकोबारे पनि नेपाल सरकारले तुरुन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।’

‘हुम्ला र गोरखाको रुई गाउँमा चीनले नेपाली भूमि अतिक्रमण गरेको छ, गिरीले भनेकी छन्, ‘यसलाई बेवास्ता गर्दै गएमा नेपाल क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ ।’ भारतसँग देखिएको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणको आधारमा वार्तामार्फत् समाधान गर्न पनि उनले माग गरेकी छन् ।

https://todaykhoj.com/todaykhoj1/20196
प्रकाशित : २०७७ आश्विन ७, बुधबार १८:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ