प्रदेश २ मा बुधवार कहाँ कति संक्रमित थपिए ? हेर्नुस् पुरा विवरण


टुडेखोज, जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९ महिलासहित ३७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १३ हजार १०८ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीमा १५ जना, सर्लाहीमा १५ जना, सिरहामा ६ जना र धनुषामा एकजनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पर्सा, रौतहट, बारा र महोत्तरीमा एउटै कोरोना संक्रमित भेटिएन ।

सिरहाको औरही गाउँपालिका ३ का ५० वर्षीय एक पुरुषको मृत्युसँगै यस प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका ६३ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ७ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

हेर्नुस् डिटेल :

प्रकाशित : २०७७ आश्विन ७, बुधबार १८:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ