Breaking- १२ लाख नक्कली रुपैयासहित २ जना पक्राउ, एकजना फरार


बारा : बारा प्रहरीले ठुलो परिमाणमा नक्कली रुपैयासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गापा ५ का २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरोखरका २७ वर्षीय संदीप कुमार छन् ।

चौधरीको बा. ६४ प. ९७०६ नम्बरको मोटरसाइकलमा भारतीय नागरि संदिप सवार रहेको अवस्थामा पक्राउ परेका छन् । उनी दुबै जनाको साथबाट १२ लाख १६ हजार नेपाली नक्कली रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिका ९ बसवरियामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले मोटरसाइकल रोकेर चेकजाँद गर्दा संदिपले बोकेको झोलाबाट नक्कली रुपैया बरामद भयो । त्यसपछि मोटरसाइकल, नक्कली रुपैया र उनी दुबै जनालाई नियन्त्रणमा लिएका प्रहरीले जनाए ।

नेपाली १ हजार दरको १ हजार २१६ थान नक्कली नोट बरामद भएको छ । पक्राउ परेका दुबै जनासँग एक व्यक्तिले ३० थान मोवाइल खरिद गरी सो नक्कली रुपैया दिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ– बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने ।

प्रहरीले उनी दुबै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ । फरार भनिएका व्यक्तिको पनि प्रहरीले खोजी सुरु गरिसकेको प्रवक्ता मिश्रले बताए ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ