मुख्यमंत्रीद्वारा पोखरी सौन्दर्यिकरणको शिलान्यास, भने- मधेसलाई अधिकार सम्पन्न बनाउछु


सर्लाही : मुख्यमन्त्री लालबाबु राउतले मधेसलाई अधिकार सम्पन्न हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

‘मुख्यमन्त्री स्वच्छता अभियान’ अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका ७ स्थित ऐतिहासिक पुरानो पोखरी सौन्दर्यिकरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।
मुलुक सङ्घियता गएपनी प्रदेशलाई अधिकार सम्पन्न हुन नदिन विभिन्न जालझेल भइरहेको उल्लेख गरे ।

मुख्यमन्त्री राउतले त्यस्ता जालझेलहरु मधेसलाई अधिकार सम्पन्न हुनबाट रोक्न नसक्ने उदघोष गरे । संघीय सरकारले बजेट बितरणमा विभेद गर्नेदेखि प्रदेशले राख्न पाउनुपर्ने आफ्नै शासन प्रशासनमा समेत अवरोध गरिरहेको दावी गरे ।

उनले प्रदेश २ सरकार केही दिनभित्रै आफ्नो शासन प्रशासन कायम गरेर देखाउने बताए ।प्रदेश सरकार आफ्नो सिमित स्रोत साधनलाई उपयोग गर्दै बिकास निर्माणको कार्यलाई अगाडि बढाएको र पोखरीको सौन्दर्यिकरण त्यसकै एउटा सानो भाग रहेको उनको कथन थियो ।

कार्यक्रममा संघीयय सांसद महेन्द्र यादवले प्रदेश सरकारले सिमित स्रोत साधन बिच गरि रहेको कामको प्रसन्सा गर्दै मुख्यमन्त्री राउतले चालेको कदमहरुमा पार्टी र जनताको पुर्ण समर्थन रहेको बिश्वास दिलाए । जनता समाजवादी पार्टीका शिर्ष नेता समेत रहनु भएका यादव राउत नेतृत्वको सरकार पाँच बर्ष नै रहने स्पष्ट पारे ।

प्रदेशसभा सदस्य अशोक यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङ्घिय सान्सद प्रमोद साह, रुहिनाज मिकरानी, पुर्बमन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य मोहम्मद अबुल कलाम, मलङ्गवा नपाका मेयरलगायतका बक्ताहरुले सम्बोधन गरेको थियो ।

१२ बिग्घा क्षेत्रफल रहेको उक्त पोखरीको सौन्दर्यिकरण ८ करोडको लागतमा १५ महिनाभित्र सम्पन्न गरिने योजना रहेको छ ।

प्रकाशित : २०७७ आश्विन ७, बुधबार २१:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ