पहिरो खस्दा अवरुद्ध भयो नरायणगढ- मुग्लिन सडक


टुडेखोज, चितवन : पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चार किलोमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार बुधबार राति पुनः पहिरो खसेपछि अहिले सडक अवरुद्ध बनेको छ ।

राति लेदोसहित पहिरो खसेको उनको भनाई छ ।

यस्तै पृथ्वी राजमार्गको नारायणगढ–नौबिसे सडकखण्ड भने एकतर्फी खुलेको छ । उक्त सडक खण्डको कुरिनटारमा आएको पहिरो पन्छाएपछि बुधबार रातिबाट सडक एकतर्फी सञ्चालनमा आएको हो ।

लगातार पानी पर्न थालेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ०८:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ