नेपालमा पहिरोमा परेर ५ जनाको ज्यान गयो, ४ जना बेपत्ता


जनकपुरधाम : नेपालमा पहिरोमा परेर एकै परिवारका ५ जनाको ज्यान गएको छ ।

स्याङजाको वालिङ नगरपालिका १४ तमाधिका घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपालीको ज्यान गएको हो । उमा सो घरमा पाहुन बस्न गएकी थिइन् ।

पहिरोमा ४ जना अझै बेपत्ता छन् । माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ