अपडेट : नेपालमा पहिरोले एकै परिवारका ९ जनासहित १० को ज्यान गयो


टुडेखोज, जनकपुरधाम : नेपालमा पहिरोमा पुरिएर एकै परिवारका ९ जनासहित १० जनाको ज्यान गएको छ । एक जनाको जिवितै उद्धार गरिएको छ । स्याङ्जाको वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएर नौ जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ का १४ बर्षिय विक्रम नेपाली, २१ वर्षिय कुलदीप नेपाली, १६ वर्षिया विनिता नेपाली, २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् भने एक बालकको सनाखत हुन सकेको छैन ।

एकै परिवारका १० जनामध्ये १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्दार गरी गह्रौं प्राथमिक अस्पताल वालिङ पठाईएकोमा थप उपचारका लागि पोखरा लगिएको छ । आज विहान ६ बजेदेखि माथिबाट निरन्तर पहिरो खसिरहेकाले उद्दार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाकै कालीगण्डकी बिर्घामा पनि पहिरो पुरिएर १७ वर्षीय विष्णु परियारको ज्यान गएको वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले जानकारी दिए । घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले पुरीदा उनको ज्यान गएको थियो ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १४:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ