बिहीबार थपिए १४ सय ९७ कोरोना संक्रमित, १७ जनाको ज्यान गयो


काठमाडौं : पछिल्लो २४ घण्टामा बिहीबार थप १ हजार ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामै ४५७ जना कोरोनाका विरामी निको भएका छन् । हालसम्म ५० हजार ४११ जना कोरोनाबाट निको भएको गौतमले बताए । उनका अनुसार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।

यस्तै २४ घण्टामै थप १७ जनाको कोरोनाले ज्यान लिएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४५३ पुगेको छ ।

प्रकाशित : २०७७ आश्विन ८, बिहीबार १६:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ