नेशनल ईन्जिनियर्स एसोसिएसन नेपालको धनुषा अध्यक्षमा यादब चयन


टुडेखोज, जनकपुरधाम : नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल (नेअन)को धनुषा अध्यक्षमा इन्जिनियर दिपक यादबलाई चयन गरिएको छ ।

यादबको अध्यक्षतामा ८५ सदस्यीय धनुषा जिल्ला समिति गठन गरिएको नेअनले विज्ञप्ती निकालेर जानकारी गराएको छ । समितिको तीन उपाध्यक्षमा क्रमसः इन्जिनियर सुस्वेत कुमार लाभ, जितेन्द्र साह र धिरेन्द्र कुमार यादब चयन भएका छन् ।

यस्तै समितिको सचिवमा इन्जिनियर सुरज कुमार साह, सह–सचिवमा इन्ज्निियर गोबिन्द कुमार यादब, सह–सचिवमै इन्जिनियर अभिषेक ठाकुर, कोषाध्यक्षमा इन्जिनियर वीना कुमारी यादब, सह–कोषाध्यक्षमा प्रविन कुमार यादबलाई चयन गरिएको छ ।

समितिको सदस्यहरुमा कृष्णा कुमार मण्डल, सर्वजित साह, सुवर्ण साह, प्रेमचन्द्र साह, कमलेश कुमार यादब, अशोक कुमार महतो, अजय कुमार साह लगायतका छन् ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १३:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ