धानको समर्थन मुल्य तोक्न प्रदेश २ र संघ सरकारबीच छलफल


टुडेखोज/ जनकपुरधाम : धानको न्युनतम समर्थन मुल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश २ सरकारबीच छलफल भएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छलफल भएको हो । छलफलमा धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने योजना बनाउन प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरिएको छ ।

छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरुमाथि विचार विमर्ष भएको थियो ।

मुख्यमन्त्री लालबाबु राउत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति छलफलमा रहेको थियो ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १५:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ