प्रयोग गरेको कण्डम सफा गरेर फेरी गरिन्छ विक्री ! एक महिला पक्राउ


एजेन्सी : भियतनाममा प्रहरीले करिब ३ लाख वटाभन्दा बढी प्रयोग गरिएका कण्डमसहित एक महिलालाई पक्राउ गरिएको छ ।

गैरकानुनी रूपमा ठूलो परिमाणमा बिक्रीका लागि राखिएको प्रयोग भइसकेका कन्डम त्यहाँको प्रहरीले बरामद गरेको हो ।  झन्डै ३ लाख २० हजार कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो । भिडियो फुटेजमा कन्डमका दर्जनौं झोला देखिन्छ । 

प्रहरीले दक्षिणी भेगमा रहेको बन द्युङ्ग प्रान्तस्थित एउटा गोदाममा छापा मारेर त्यस्तो कण्डम फेला पारेको हो । पक्राउ परेकी महिला सो गोदामको मालिक भएको बताइएको छ ।

प्रयोग गरिसकेको कन्डमलाई पहिले पखालेर लिङ्गको आकारको काठ प्रयोग गरी नयाँ जस्तै बनाइ‍एको खुलेको छ । त्यस्ता कन्डमलाई पुनः प्याक गरी बेच्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भियतनामको सरकारी सञ्चारमाध्यम भीटीभीका अनुसार पक्राउ परेकी महिलाले त्यस्तो कन्डमको प्रतिकिलो ०.१७ अमेरिकी डलरमा आफूले प्राप्त गर्ने बताएकी छन् । हालसम्म त्यस्ता कति कन्डम बजारमा बिक्री गरियो भन्ने विषयमा केहि खुलाएकी छैन ।

प्रकाशित : २०७७ आश्विन ९, शुक्रबार १६:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ